प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर


काठमाडाैं – प्रतिनिधिसभाको बैठकमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची छ। बैठक अपराह्न १ः०० बजे बस्नेछ।

यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। प्रधानमन्त्रीलाई प्रश्न सोध्न सांसदहरूले अगाडि नै प्रश्न संसद्‌ सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

May be an image of text

 

प्रतिक्रिया