४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– सोमबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार सुन तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया