सिडिओको कार्यशैलीविरुद्ध हेटौंडामा आन्दोलन


हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख विश्वराज खड्काविरुद्ध आन्दोलनमा उत्रिएका छन्। कार्यशैलीप्रति असन्तुष्टि र जनप्रतिनिधिमाथिको आक्रमणमा दोषीहरू एक महिनासम्म पनि नपक्रिएकामा आक्रोश व्यक्त गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

हेटौंडा-१ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि असार ४ गते भएको आक्रमणको आरोपितहरू अझै फरार छन्। न्यौपानेले असुरक्षा महसुस गर्दै वडाको सेवा जिल्ला प्रशासन कार्यालयबाटै दिने घोषणा गरेका छन्। अन्य वडाध्यक्षहरू पनि कार्यालय परिसरमै टेवल राखेर सेवा दिने र त्यसपछि थप आन्दोलन गर्ने तयारीमा छन्।

प्रजिअ श्रेष्ठ कार्यशैलीका कारण अघिल्ला विवादमा पनि तानिएकी थिइन्। अस्पताल आन्दोलनमा बल प्रयोगदेखि पत्रकारमाथिको रोकताकले उनी आलोचनाको घेरामा रहेकी छन्।

प्रतिक्रिया