
कालीगण्डकी कोरिडोर गैंडाकोट-बुलिङटार खण्ड अवरुद्ध
नवलपुर — बाढीले डाइभर्सन बगाउँदा कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।
नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ३ स्थित तरङ खोलामा बढेको पानीको बहाबले डाइभर्सन बगाउँदा कालीगण्डकी कोरिडोरको गैंडाकोट-बुलिङटार खण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तरङखोला स्थित कालिगण्डकी करिडोर सडक खण्डमा खोलामा पानिको बहाब बढेको कारण डाईभर्सन बगाई सडक पूर्ण रुपमा अबरुद्ध भएको हो ।
नवलपुरको गैडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले सास्ती पाउने गर्दछन् ।
पानीको बहाव घटेपछि डाइभर्सन बनाइ सडक सञ्चालन गरिने प्रहरीले जनाएको छ । उक्त खोलामा पुल निर्माणको काम जारी रहे पनि निर्माण सम्पन्न नहुँदा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो ।



कागजपत्र |
