मन्त्री पौडेलको एक वर्षे कार्यकाल : स्वास्थ्य क्षेत्रमा संरचनागत र कानुनी सुधार


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेको एक वर्ष पुगेको छ । शुक्रबार मन्त्रालयले स्वास्थ्य क्षेत्रमा भएका १३ उपलब्धि सार्वजनिक गर्दै प्रगति विवरण प्रस्तुत गर्‍यो ।

एक वर्षको कार्यकालमा संघीय अस्पतालहरूमा सेवा विस्तार, स्वास्थ्य बीमा प्रणालीमा सुधार, जनशक्ति व्यवस्थापन, सिकलसेल, क्यान्सर र जलन उपचारमा पहुँच वृद्धि, औषधि निःशुल्क उपलब्धजस्ता काम प्राथमिकतामा परे ।

पश्चिम नेपालमा सिकलसेलका लागि छुट्टै वार्ड र खोप कार्यक्रम सुरु गरिएको छ । क्यान्सरका ३७ प्रकारका महँगा औषधि सरकारले आयात गरी निःशुल्क वितरण गर्न थालेको छ । जलन, मुटु र क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार भएको छ । भेरी अस्पतालमा अंग प्रत्यारोपण सेवा सुरु भएको छ ।

स्वास्थ्य बीमाको प्रतीक्षा अवधि ३ महिनाबाट घटाएर १ महिना बनाइएको छ । गम्भीर बिरामीको उपचार सीमा दोब्बर बनाइएको छ भने रकम संचित हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्यकर्मी पदपूर्ति, उपकरण मर्मत सहयोगका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिएको छ । क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरी पाठेघर क्यान्सर खोप अभियान फागुनमा नियमित गरिएको छ ।

वैदेशिक रोजगारी जाने श्रमिकका लागि सुपथ मूल्यमा परीक्षण र भर्चुअल सेवा सुरु गरिएको छ । नागरिक गुनासा समाधानका लागि ‘हेलो स्वास्थ्य’ स्थापना गरिएको छ ।

Skip to PDF content

प्रतिक्रिया