
सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
काठमाडौं- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी संगीता पासवानको मृत्यु भएको हो ।
घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो ।
त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगेस्थित सर्वदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।



कागजपत्र |
