सुन प्रतितोला १३ सयले घट्दा कतिमा भइरहेको छ काराेबार ?


काठमाडाैं – चालु आर्थिक वर्षको अन्तिम दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार रहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रहेको थियो ।

आज सुनको मूल्य तोलामा १ हजार ३ सय गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य २ हजार २ सय ७५ रहेको थियो ।

आज मूल्य गिरावट आइ २ हजार २ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया