भक्तपुर मालपोतका प्रमुख अधिकृत र कर्मचारी साढे २४ लाख घुससहित रंगेहात पक्राउ


काठमाडौं- भक्तपुरस्थित मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत साढे २४ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मोही र तल्सिङको मुद्दा मिलाउने भन्दै सेवाग्रहीसँग मागिएको रकम लिँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा पर्ने १४ रोपनी ४ आना जग्गा मोहीका नाममा धनीपुर्जा बनाउने प्रयोजनमा घुस लिइएको अख्तियारले जनाएको छ । लगत कट्टा प्रक्रियालाई अघि बढाउने सन्दर्भमा सेवाग्रहीसँग माग गरिएको घुस लिँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका दुवैजनाको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया