सुर्खेतमा १६ वर्षीया किशोरीमाथि बलात्कार, एकजना पक्राउ


सुर्खेत — १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्ने व्यक्ति जाजरकोटको भेरी नगरपालिका–५ का ३६ वर्षीय उदय चन्द हुन्। हाल उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा बसोबास गर्दै आएका थिए।

पीडित पक्षको उजुरीका आधारमा उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया