चार्जबाट मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु


काठमाडौं- खोटाङमा मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वराहपोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राई रहेकी छन् ।

प्रहरीका अनुसार सोमबार राति मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया