चाँदीकाे मूल्यमा ‘रेकर्ड ब्रेक’, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार तीनसय १५ रुपैयाँ छ।

चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।

सुनको मूल्य आज पनि बढेको छ। आइतबार प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलाको चारसय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ९२ हजार नौसय रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

 

प्रतिक्रिया