
भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
भक्तपुर- भक्तपुरको मध्यपुर ठिमीमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ८ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ स्थित शिक्षा तथा मानवस्रोत भवनअगाडि पानी बोकेको ट्रकले बालकलाई ठक्कर दिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार बा २ क १२८४ नम्बरको ट्रकले सिरहा घर भई हाल सानोठिमीमा बस्दै आएका ५ वर्षीय अरब यादवलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि कोरियन अस्पताल लगिएको भए पनि उपचारको क्रममा मृत्यु भएको गिरीले जानकारी दिए।



कागजपत्र |
