काठमाडौं महानगरपालिकाको २५ अर्ब ११ करोड बजेटको सीमा


काठमाडौं – काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाडौँ प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय समेत समितिले गरेको छ । केही बेरमा बस्ने ४० औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभामार्फत बजेट सार्वजनिक गर्ने छ ।

नगर सभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छिन् ।

आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई पनि उपस्थित थिए ।

 

प्रतिक्रिया