बाग्लुङस्थित कालुङ्खोला लघुजलविद्युतको बाँध र पावरहाउस बाढीले बगायो


बागलुङ – बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिइन् । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताइन् ।

बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैयुथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताइन् ।

खोला किनारमा लगाइएको धानबालीमा पनि बाढीबाट क्षति भएको छ ।

प्रतिक्रिया