नेपाल-जर्मनीबीच उच्चस्तरीय वार्ता, लगानी र पर्यटन प्रवर्द्धनमा जोड


काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबिचबीच जर्मनीको बर्लिनमा मंगलबार द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

वार्ताका क्रममा नेपाल-जर्मनी सम्बन्ध, साझा चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

डा. राणाले जर्मनीलाई नेपालको पुरानो र विश्वासिलो विकास साझेदारको रूपमा स्मरण गर्दै सहयोगका लागि धन्यवाद दिइन्। उनले द्विपक्षीय व्यापार प्रवर्धन, निजी क्षेत्रबीच सहकार्य, रासायनिक मल कारखाना जस्ता क्षेत्रमा लगानीको आग्रह गरिन्।

नेपालले २०२६ मा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको दिगो संक्रमणकालका लागि रणनीति बनाइरहेको र स्रोत, प्रविधि तथा आर्थिक सहयोगमा जर्मनीको सहयोगको अपेक्षा रहेको उनले बताइन्।

प्रतिक्रिया