त्रिशुलीमा पानीको बहाब घटेसँगै भेटिन थाले मानवअंग, २ जनाको शव भेटियो


काठमाडौं — धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ ।

नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।

त्यसका साथै बेत्रावती उत्तरगया १०८ शिवलिंग धाम नजिकै एक व्यक्तिको खुट्टा भेटिएको छ । सो स्थानभन्दा केही तल सिंचाईंको ड्याममा अर्को पनि खुट्टा भेटिएको जनाइएको छ ।

साथै पानीको बहाब घटेसँगै मानिसहरुको विभिन्न अंग फेला पर्न थालेको छ ।

मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया