बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया