उपाधि भिडन्तमा फिल्डिङमा नेपाल, सिंगापुरले ४१ रन बनाउँदा चार विकेट गुमायो


काठमाडौं – मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिंगापुरले टस जितेको छ । टस जित्दै सिंगापुर आफूले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँग उपाधि भीडन्त पक्का गरेको थियो । नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो ।

सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा नेपालसँग पराजित भएको सिंगापुरले बिहीबार हङहङलाई हराउँदै फाइनल खेल नेपालसँगै पक्का गरेको हो । नेपाल अघिल्लो संस्करणको उपाधि विजेता हो ।

सिंगापुरले अहिले पछिल्लो अपडेटअनुसार १० ओभरमा ४१ रन बनाउँदा ४ विकेट गुमाएको छ ।

 

प्रतिक्रिया