केन्द्रीय कार्य समितिमा नेता हुमागाईं भन्छन्, ‘पार्टीलाई भन्दा आफूलाई प्राथमिकतामा राखेर प्रचार गर्न थालियो’


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सार्वजनिक यातायात तथा सार्वजनिक यातायात व्यवसायी समन्वय विभागका संयोजक शिवप्रसाद हुमागाईंले पछिल्लो चरण नेपाली कांग्रेसको नेतागणहरू सामाजिक सन्जाल र सन्चार माध्यममा पार्टीलाईभन्दा पनि आफूलाई प्राथमिकतामा राखेर प्रसारप्रचार गरेको जनाएका छन् । उनले पछिल्ला दिनमा विधि, नीति र कार्यदिशा ओझेलमा पर्दै गईरहेको हुनाले सांगठगिनक गतिविधि संचालन भएता पनि संगठन ओझेलमा परिरहेको जनाएका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा जारी केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै नेता हुमागाईंले उक्त कुरा बताएका हुन् ।

उक्त अवसरमा हुमागाईंले पार्टीले दिएको जिम्मेवारीअनुसार विभागको संयोजकका हैसियतले विभिन्न ५३ जिल्ला र सातै प्रदेशमा नेपाल लोकतान्त्रिक व्यवसायी संघको महाधिवेशन सम्पन्न गरेको समेत उल्लेख गरे ।

साथै उक्त अवसरमा नेता हुमागाइँले गत असोजमा गएको बाढीबाट पीडित काभ्रेबासीको समस्या समाधानका लागि पहल गरेका छन् । हुमागाईंले उक्त अवसरमा २०८१ आश्वीन १०,११ र १२ गते गएको अविरल बर्षाको कारण आएको बाढि पहिरोको कारण काभ्रे जिल्ला अत्यन्त क्षतविक्षत अवस्थामा रहेको जनाउँदै बाढीपीडित अवलोकनका लागि आएका अतिथि सत्कारको विभिन्न तयारी खर्चहरू १३ लाखसम्म खर्च भए पनि पीडितको सहयोगका लागि दैवी विपत्ति बा बाढी पिडितको शिर्षकमा अहिलेसम्म १३ रूपैया नपाएको स्थानिय तहहरूको गुनासो रहेको तीतो यथार्थ जनाएका थिए । उक्त अवसरमा नेता हुमागाईंले केन्द्रीय कार्य समितिमा वेथानचोक, पनौती, रोशि, नमोबुद्द, तेमाल र चौरी लगायतको स्थानमा पिडितको समस्या जिउँ का त्युँ छ तर सरकार वेखबर भएको जानकारी समेत गराएका थिए ।

नेता हुमागाईंले केन्द्रीय कार्य समितिमा प्रस्तुत गरेका विषयहरुः

नेपाली काँग्रेसको २०८२ आषाढ १६ गतेबाट संचालन केन्द्रीय कार्यसमितीको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं  सार्वजनिक यातायात तथा सार्वजनिक यातायात व्यवसायी समन्वय विभागका संयोजक शिवप्रसाद हुमगाईले प्रस्तुत गर्नुभको बिषयहरू।

. नेपाली काँग्रेस पार्टिले दिएको जिम्मेवारि अनरूप नेपाल लोकतान्त्रिक ब्यबसायि संघको ५३ जिल्ला, ७ प्रदेश सहित दोस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गरि श्रद्धेय सभापतिज्युको प्रमुख आतिथ्यतामा पदस्थापन कार्य सम्पन्न।

. नेपाली काँग्रेस पार्टिले १०० दिने अभियानमा मलाई वाग्लुङ जिल्लामा खटाएकोमा मुलत दुईवटा सुझाव केन्द्रीय कार्यसमितिलाई पेश गरियो। पहिलो वाग्लुङ जिल्ला भौगोलिक हिसाबले र क्षेत्रफलको हिसाबले दुई जिल्लामा विभाजन गर्नुपर्ने देखिन्छ। दोस्रो सुझाव ग्रामीण बस्तिका मानिसहरू नजिकको शहरतर्फ आकर्षित भई बस्ति क्रमश खालि हुदै गैरहेको हुनाले बसाई सराईलाई रोक्न पहल गर्नु पर्ने।

. २०८१ आश्वीन १०,११ र १२ गते गको अविरल बर्षाको कारण आएको बाढि पहिरोको कारण काभ्रे जिल्ला अत्यन्त क्षतविक्षत अबस्थामा रहेको। बाढि पहिरोको अवलोकन गर्न केन्द्रका मन्त्रीहरू देखि प्रदेशका मुख्य मन्त्री देखि मन्त्रीहरूको भीडभाड ब्यापक थियो। अतिथि सत्कारको विभिन्न तयारी खर्चहरू सहिती कुल १३ लाखसम्म खर्च भयो तर दैवि विपत्ति बा बाढि पिडितको शिर्षकमा अहिलेसम्म १३ रूपैया नपाएको स्थानिय तहहरूको गुनासो छ। अति प्रभावित वेथानचोक, पनौती, रोशि, नमोबुद्द, तेमाल र चौरी लगायतको स्थानमा पिडितको समस्या जिउँ का त्युँ छ तर सरकार वेखबर छ। पार्टिले तत्काल विपद् कोष परिचालन गरि त्यस क्षेत्रको राहत र पुनर्निर्माणमा लाग्न सरकारमा पार्टिको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई निर्देशन दिन अपिल।

. स्वास्थ्य विमा बोर्ड ले श्रावण १ गते बाट धुलिखेल लगायतको सामुदायिक अस्पतालहरूमा विमाबाट स्वास्थ्य उपचारको सुविधा कटौती गर्न गैरहेको र सरकारी अस्पतालमा मात्र उपलब्ध गराउने निर्णय तत्काल रोक्नु पर्ने। यसले धुलिखेल जस्तो अस्पताल जस्ले करिब ७,८ जिल्लालाई सेवा प्रदान गरिरहेको छ उसलाई प्रभावित हुने र विमारीहरूलाई पनि असुविधा हुनेहुनाले यो निर्णय लागु नहोस्।

. पछिल्लो चरण नेपाली कांग्रेसको नेतागणहरू सामाजिक संन्जाल र सन्चार माध्यममा पार्टिलाई भन्दा पनि आफुलाई प्राथमिकतामा राखि प्रचारप्रसार गरेकोले पार्टिको विधि, निति र कार्यदिशा ओझेलमा पर्दै गैरहेको हुनाले साँगठनिक गतिविधि संचालन भता पनि संगठन ओझेलमा परिरहेको छ। त्यसैले पहिले संगठन त्यसपछि आफु भन्ने बिषय बुझ्न सम्पुर्ण नेतागणहरू सो अनुसार गर्न निर्देशन दिन पार्टि सभापतिलाई सुझाव दिन चाहन्छु।

प्रतिक्रिया