
अण्डाको भाउ बढ्यो
काठमाडाैं- बजारमा अण्डाको भाउ पुनः बढेको छ। प्रतिक्रेट १५ रूपैयाँका दरले अण्डाको मूल्य बढेको हो। गत साता बुधबार पनि अण्डाको नयाँ मूल्य तोकिएको थियो।
नेपाल लेयर्स कुखुरापालक संघको बिहीबार बसेको बैठकले शुक्रबारबाट लागू हुने गरी अण्डाको मूल्य बढाएको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घटेकाले मूल्य बढेको हो ।
हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ६५, ठूलो अण्डा चार सय ९५ र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ तोकिएको छ।



कागजपत्र |
