
सरकारी सुविधा फिर्ता गर्ने पूर्वराष्ट्रपति भण्डारीको निर्णय आजैदेखि लागू
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले प्राप्त गर्दै आएको सरकारी सेवासुविधा फिर्ता गरेकी छन्।
उनी निकट स्रोतका अनुसार भण्डारीले आज बाटै लागू हुनेगरी सेवा सुविधा फिर्ता गर्न आग्रह गर्दै गृह मन्त्रालयमा निवेदन पठाएकी हुन्।
“पूर्वराष्ट्रपतिले पाउने सम्पूर्ण सेवा सुविधा फिर्ता गरिएको निवेदन गृह मन्त्रालयमा बुझाइएको छ,” स्रोतले भन्यो, “आजैदेखि ती सेवा सुविधा उपयोग नगर्ने निर्णय गरिएको छ।”
पूर्वराष्ट्रपतिका रूपमा उनले निवृत्तिपछि अंगरक्षक, सवारी सुविधा, आवासलगायतका विभिन्न सेवा सुविधा पाउँदै आएकी थिइन्।



कागजपत्र |
