स्वास्थ्यमन्त्री पाैडेल अस्वस्थ्य


काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्।

ज्वरो आएपछि उनी उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन्।

वीर अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्री पौडेल असार १४ गते अस्पताल भर्ना भएको र निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको उल्लेख गरेको छ।

मन्त्री पौडेलको स्वास्थ्यमा हाल क्रमिक सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया