प्युठानको हंसपुरमा एक घण्टामै ७९.६ मिमि वर्षा


काठमाडौं — हाल देशका सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको विवरणमा सबैभन्दा बढी पानी प्युठानको हंसपुरमा परेको छ।

महाशाखाका अनुसार, हंसपुरमा एक घण्टामा ७९.६ मिलिमिटर वर्षा मापन गरिएको हो। निरन्तरको वर्षालाई मध्यनजर गर्दै पानी परिरहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले जारी सूचनामा भनेको छ, “प्युठानलगायत पानी परिरहेको क्षेत्रका बासिन्दाहरूले आवश्यक सतर्कता अपनाउनु होला।”

वर्षाका कारण केही स्थानमा बाढी, पहिरो तथा जलमग्न हुने जोखिम समेत रहन सक्ने भएकाले स्थानीयहरूलाई सजग रहन विज्ञहरूले सुझाव दिएका छन्।

 

प्रतिक्रिया