
२६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।
आज नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.०५ अंकले बढेको छ। कारोबारमा आएकामध्ये १८५ स्टक्सको मूल्य बढ्दा ६३ वटाको घट्यो।
आज ७ अर्ब माथिको सेयर कारोबार भएको छ। कारोबार रकम अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारभन्दा कम हो।
बिहीबार ७ अर्ब ७८ करोड बढीको सेयर कारोबार भएको थियो। कारोबार रकमका आधारमा साहस उर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५७ करोड मूल्य बढीको सेयर कारोबार भयो।
त्यसैगरी बुटवल पावरको ३४ करोड, युनियन हाइड्रोपावरको २४ करोड, नगदी ग्रुपक २३ करोड र राधी विद्युतको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
त्यस्तै विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढे
एउटा समूह उत्पादन तथा प्रशोधन मात्रै ऋणात्मक रह्यो । यो समूह ०.५६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ८.९७, ग्रिन भेन्चर्सको ६.९५, त्रिशुली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशत बढ्यो ।



कागजपत्र |
