पूर्व सांसद गोविन्दप्रसाद कँडेलको निधन


बागलुङ– प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कँडेलको आइतबार बिहान निधन भएको छ। चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जान लाग्दा अचानक उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

नेपाली कांग्रेसका नेता कँडेल २०४८ सालको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। सादगी र इमानदार छवाका कारण उनी प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताका रूपमा चिनिन्थे। बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय भूमिका खेलेका कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति समेत थिए।

२०४६ सालको आन्दोलनका क्रममा उनी जेल परेका थिए। बहुदलपछिको अवस्थामा पार्टी नेतृत्व र सांसदको जिम्मेवारी समेत सम्हालेका थिए।

उनका दुई छोरा र एक छोरी छन्। धर्मपत्नी विष्णुदेवी कँडेलको दुई वर्षअघि निधन भएको थियो।

प्रतिक्रिया