
नेपालको शानदार ब्याटिङ, इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य
काठमाडौं – यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदे ४२० रन जोडेको हो ।
नेपालका लागि प्रशिद्ध जैशीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे ।
नेपालका लागि जैशीले १३२ रन बनाउँदा रौनिक श्रीवास्तवले ८८ रन बनाएका थिए ।
त्यस्तै परिमार्जन यादवले २८ बलमा ७१ रन बनाए भने जोय थापाले ५७ रन बनाएका थिए ।



कागजपत्र |
