
७ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला
गोरखा – गोरखामा सात वर्षकी एक बालिका झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । भीमसेनथापा गाउँपालिका- १ गैराथोकी संगीता बराम घरभित्र धुरीको डाँडामा नाम्लोको पाँशो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनकै दाइ १० वर्षका सन्दीप बरामले बहिनी कोठाभित्र झुण्डिएको अवस्थामा देखेर चिच्याउँदा छिमेकका कान्छा हजुरबुबाले डोरी काटेर उद्धार गरेका थिए । तर त्यतिबेलासम्म संगीताको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
उनको शव शनिबार बिहानै पोस्टमार्टमका लागि गोरखा सदरमुकाम लगिएको थियो तर, घटना शंकास्पद भएकाले पोस्टमार्टम गर्न काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । संगीता स्थानीय कनकामना आधारभूत विद्यालयमा कक्षा सातमा पढ्ने बालिका हुन् ।



कागजपत्र |
