
नुवाकोटमा बाढीका कारण घरसहित महिलाको नामेट, श्रीमान् अस्पतालमा
नुवाकोट- नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवा अन्तर्गत गंगरवगरमा बाढीले घर बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् घाइते भएका छन्। वडाध्यक्ष पदमबहादुर वलामीका अनुसार अविरल वर्षासँगै बिमचा खोल्सामा आएको बाढीले घर बगाउँदा ३३ वर्षीया कमला वलामी बेपत्ता भएकी हुन्।
उनका श्रीमान् ३५ वर्षीय आकाश वलामी घाइते भएका छन् र हाल काठमाडौंमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बेपत्ता कमला वलामीको खोजी कार्य जारी छ।
बाढीले स्थानीय सातजनाको घर–गोठ र पशुचौपाय समेत बगाएको वडाध्यक्ष वलामीले जानकारी दिएका छन्। क्षति हुनेमा लालबहादुर, श्यामलाल, धनराज वलामी लगायतका परिवार रहेका छन्।



कागजपत्र |
