
‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ
काठमाडौं – पुरानो बसपार्कमा ‘काठमाडौं भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको जनाइएको छ ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।
निर्माण व्यसवासमा रहेका भेटवाल पटकपटक पक्राउ पर्दै आइरहेका व्यक्ति हुन् । उनी विगत ५ वर्षको अवधिमा चार पटक पक्राउ परिसकेका थिए ।



कागजपत्र |
