नारायणगढ–मुग्लिन सडक बन्दको समय ३ बजेसम्म थप


चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड बिहीवार दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ ।

यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहीवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सूचना निकालको थियो । तर, ढुंगा हटाउने काम नसकिएकोले समय थप गरेर दिउँसो ३ बजे पुर्‍याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ ।

तसर्थ सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य जारी छ ।

उक्त समय अवधिभर लेन अनुशासन पालना गरी सवारीसाधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया