
रत्नपार्कमा गुडिरहेको विद्युतीय स्कुटरमा आगलागी
काठमाडौं- काठमाडौंको रत्नपार्कमा गुड्दै गरेको एक विद्युतीय स्कुटरमा अचानक आगो लागेको छ। यस घटनाका कारण केही समय सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्योर ईभी कम्पनीको ‘ई–प्लुटो ७ जी’ मोडेलको स्कुटरमा बुधबार बिहान करिब पौने १० बजे नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुग्दापुग्दै आगलागी भएको हो। बागमती प्रदेश–०२–०१९ प ६२४६ नम्बरको स्कुटरमा लागेको आगोका कारण गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको गिरीले बताए। नेपालमा उक्त स्कुटर ह्वाइट लोटस प्रालिले बिक्री गर्दै आएको छ।



कागजपत्र |
