युनिग्लोब कलेजमा आगलागी


काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ ।

कलेजको सातौँ तलामा रहेको क्यान्टिनमा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया