

विश्वकप छनोट : घरेलु मैदानमा जर्मनी पराजित
काठमाडाैं – जर्मनी घरेलु मैदानमा पराजित भएको छ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा जर्मनी पराजित भएको हो । बुधबार राति भएको खेलमा जर्मनी नर्थ मेसेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा १-० गोलले पछि भएको जर्मनी दोस्रो हाफमा २-१ गोलले पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयमा गोरान पाण्डेभले गोल गर्दै मेसेडोनियालाई अग्रता दिलाएका थिए ।
खेलको ६३ औं मिनेटमा घरेलु मैदानमा इल्के गुन्डोगानले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । ८५ औं मिनेटमा एल्जिफ इल्मासले गोल गर्दै मेसेडोनियालाई २-१ को जित दिलाए ।
जितसँगै मेसेडोनियाले ३ खेलमा ६ अंक जोडेको छ । मेसेडोनिया समूह ‘जे’ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा छ ।

