घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला एकलाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया