प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा (सूचीसहित)


काठमाडौं – काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।

अदालतले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका अरू ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश ध्रुबराज कार्कीको एकल इजलासमा हिजो दिउँसो थुनछेक बहस सकिएपछि १२ः०० बजेपछाडी मध्यरातमा सो आदेश आएको हो ।

चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाण्डौको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा २ जनाको ज्यान गएको थियो भने निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाटसमेत भएको थियो ।

सूचीः

May be an image of ‎blueprint and ‎text that says '‎२द २९ ३० ३१ ३२ ३३ لاط रमेश राई दिवश बोगटी क्षेत्री दिलकुमार श्रेष्ठ कमल कुमार बिष्ट लोकबहादुर बस्नेत दिनेश खडका केशब बस्नेत अमित शाह सुमन कार्की कुमार तामाड जितबहादुर श्रेष्ठ मनोजकुमार सापकोटा ३५ ३६ धरौटी RO हजार धरौटी ၀ हजार धरौटी 90 हजार धरौटी ၃၀ हजार धरौटी २० हजार धरौटी y0 हजार थुनामा धरोौटी y0 हजार धरौटी 90 हजार थुनामा धरौटी yO हजार धरौटी 90 हजार ३७ ३ए ३९ पुर्पक्षको लागि थुनामा ७ जना धरौटी जमानतमा छुटेका- ३२ जना‎'‎‎

प्रतिक्रिया