लेखा समिति सभापति पोख्रेललाई पितृशोक


विराटनगर – संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेललाई पितृशोक परेको छ ।

नेकपा एमाले मोरङका पूर्वअध्यक्ष समेत रहेका पोखरेलका पिता ८८ वर्षीय रामचन्द्र पोख्रेलको बुधबार साँझ निधन भएको हो ।

परिवारका सदस्यका अनुसार विराटनगर महानगरपालिका–८ स्थित निवासमा उनको निधन भएको थियो ।

प्रतिक्रिया