ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा


ललितपुर- ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर अब अन्तिम चरणमा पुगेको छ। निर्माण टोलीले द्रुत गतिमा कार्य अघि बढाउँदै पूर्णता दिन नजिकिएको जनाएको छ। हालै ड्रोनमार्फत खिचिएको भिडियोमा संरचनाको द्रुत प्रगति प्रष्ट देखिन्छ।

निर्माण कम्पनीका अनुसार जेठ मसान्तभित्रै फ्लाइओभरको सम्पूर्ण काम सकिनेछ र त्यसपछि सरकारलाई हस्तान्तरण गरिने योजना छ। यद्यपि लगातार वर्षा भएमा केही ढिलाइ हुन सक्ने आँकलन गरिएको छ।

यो फ्लाइओभर सञ्चालनमा आएपछि ललितपुरवासीसहित समग्र काठमाडौं उपत्यकाका बासिन्दाले ग्वार्को क्षेत्रको ट्राफिक जामबाट ठूलो राहत पाउनेछन्।

बिहान ८ देखि ११ र दिउँसो ४ देखि राति ८ बजेसम्म अत्यधिक ट्राफिक हुने यस क्षेत्रमा अब सहज सवारी सञ्चालन सम्भव हुनेछ। साथै, आसपासका व्यवसाय, पसल, रेस्टुरेन्टहरूमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया