पोखरामा एक युवकको शव फेला, हत्या गरिएको आशंका


कास्की — पोखरामा एक युवकको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो ।

मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।

घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया