भारतबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो


काठमाडौं – लामो समयको खडेरीपछि बुधबार वर्षा भएपछि हल्का आकाश खुलेसँगै प्रदूषण घट्ने आशा पलाएको थियो तर बिहीबार बिहानैदेखि फेरि तुवाँलो बढेको छ ।

यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका छन् । भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबारदेखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । ‘कम भयो भनेर खुसी हुने अवस्था थिएन, बिहीबारदेखि उस्तै गाढा प्रदूषणले आकाश ढाकिनेछ ।’

प्रतिक्रिया