रसुवामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २ युवक पक्राउ


रसुवा-  रसुवाको आमाछोदिङमो गाउँपालिका–५ तातोपानीमा एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तातोपानीका २४ वर्षीय फुर्पु नाम्घेल तामाङ र २२ वर्षीय दावा नुर्पु तामाङ रहेका छन्। पीडित किशोरीले उनीहरूविरुद्ध जबरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले गए राति दुबै जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थाम्बुचेबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस विषयमा हाल आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ।

प्रतिक्रिया