सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौं – सर्लाहीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-१७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना४६प २८२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । उनी मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाराको एलएस न्यूरो अस्पतालमा बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया