
अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ ।
बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।



कागजपत्र |
