

यातायात व्यवसायीद्वारा आन्दोलनकाे घोषणा

काठमाडौं- यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम अगाडि बढाएका हुन् ।
१९ गतेदेखि सवारी साधन घरग्यारेजमा थन्क्याएर देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।

