भारतीय सेनाका २४ जनाले गरे एकैदिन सगरमाथा आरोहण


काठमाडौं – भारतीय सेनाको एक टोलीले सगरमाथाको सफल आरोहण गेको छ।

आर्मी एडभेन्चर विंग रजत जयन्तीको अवसरमा भारतीय आर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

‘भारतीय सेनाको रजत जयन्ती सगरमाथा आरोहण टोलीलाई आज बिहान, २७ मे २०२५ मा सगरमाथा (८,८४८.८६ मिटर) को शिखरमा सफलतापूर्वक पुग्न सफल भएकोमा बधाई छ, उक्त अभियानको नेतृत्व लेफ्टिनेन्ट कर्णेल मनोज जोशीले गरेका थिए भने महानायक कामीरिता शेर्पाले टोलीको प्रमुख सरदार (लीड गाईड) को रूपमा सेवा गरेका थिए’ सेभेन सुमिट ट्रेकले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

‘हामी आरोहीहरूको समर्पण, लगनशीलता र टोली भावनाको लागि प्रशंसा गर्दछौं, र सुरक्षित र राम्रोसँग समन्वयित आरोहण सुनिश्चित गर्नका लागि सम्पूर्ण चालक दललाई हार्दिक धन्यवाद दिन्छौं,’ उसले फेसबुक पेजमा लेखेको छ, ‘या उल्लेखनीय उपलब्धिले नेपाल–भारत पर्वतारोहण मित्रताको स्थायी शक्तिलाई पुनः प्रतिबिम्बित गर्दछ। यो सगरमाथा आरोहणले सगरमाथामा पहिलो भारतीय सेनाको अभियानको रजत जयन्ती पनि मनाइएको छ ।’

प्रतिक्रिया