सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर नेपाली कारागार चलान


काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

यसअघि जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो । बयान सकिएसँगै आज (सोमबार) इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

नेपालीले बागलुङ र पोखरामा रहेको इमेज सहकारीबाट दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया