जेठ अन्तिमदेखि ग्वार्को फ्लाइओभरमा गाडी चल्छ : यातायातमन्त्री


काठमाडौं- ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर आगामी जेठको अन्त्यसम्म सञ्चालनमा आउने भएको छ। आइतबार फ्लाइओभर स्थलको निरीक्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन्।

मन्त्री दाहालले निर्माणको काम अन्तिम चरणमा पुगेको र अबको केही दिनमै कालोपत्रे कार्य पनि पूरा हुने बताए। “जेठको अन्त्यसम्म सवारीका लागि फ्लाइओभर खोल्ने गरी तयारी भइरहेको छ,” मन्त्री दाहालले भने। फ्लाइओभर सञ्चालनमा आएपछि ग्वार्को क्षेत्रको लामो समयदेखिको ट्राफिक जाम समस्या अन्त्य हुने उनको विश्वास छ।

हाल फ्लाइओभरको एक भागमा कालोपत्रे भइसकेको छ भने अर्को भागमा माटो भरिएको छ र त्यसपछि कालोपत्रे सुरु हुने तयारी छ।

 

प्रतिक्रिया