

बैतडीमा मध्यरातमा भूकम्प

काठमाडौं – मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो।
रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

