यस्ता छन् पछिल्लो मन्त्रिपरिषद्का ९ निर्णय (निर्णयसहित)


काठमाडौं — सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको बताए ।

बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ ।

नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

 

प्रतिक्रिया