विवाहको तयारीमा रहेका प्रेमी जोडीको भारत घुमघामपछि ‘ब्रेकअप’, १२ लाख फिर्ताको माग


कैलाली- धनगढी उपमहानगरपालिकाका सविता र विकास (दुवैको नाम परिवर्तन)  केही समयदेखि प्रेम सम्बन्धमा थिए।

परिवारको सहमतिसाथ विवाहको तयारीमा रहेका उनीहरूले विवाहपूर्व एकअर्कालाई राम्ररी बुझ्न भारतका विभिन्न स्थान घुम्ने योजना बनाए। विशेष कुरा के थियो भने, यस यात्रामा दुवै पक्षका अभिभावकहरू पनि सहभागी भएका थिए।

यात्रा सकिएपछि भने अप्रत्याशित रूपमा युवकले विवाह नगर्ने निर्णय लिए। युवती र उनको परिवारले युवकलाई निर्णय फेर्न प्रयास गरे पनि असफल भएपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्।

युवतीका अभिभावकका अनुसार, युवकको आग्रहमा भारत घुम्न जाँदा उनीहरूले झण्डै १२ लाख रुपैयाँ खर्च गरेका थिए। अब विवाह नहुने भए कम्तीमा खर्च फिर्ता हुनुपर्ने माग उनीहरूले गरेका छन्।

प्रहरीले भने विवाह गर्नु वा नगर्नु व्यक्तिगत स्वतन्त्रताको विषय भएको भन्दै दुवै पक्षलाई समझदारीमा बस्न सल्लाह दिएको छ।

प्रतिक्रिया