

सभापति देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरुको बैठक

काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।
सभापति देउवाले महामन्त्री गगन थापासँग आफ्नै निवास बुढानीलकण्ठमा बिहीबार बिहान छलफल गरेपछि बैठक बोलाएका हुन् ।
काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान सभापति देउवा र महामन्त्री थापाबिच समसामयिक विषयमा देउवा निवास बुढानीलकण्ठमा कुराकानी भएको जानकारी दिए ।
कांग्रेसले १० भ्रातृसंस्थालाई गत चैत मसान्तसम्म महाधिवेशन गर्न अन्तिम अल्टिमेटम फागुन एक गते बसेको पदाधिकारी बैठकबाट दिएको थियो ।
सोही बारेमा छलफल गर्नका लागि बोलाएको एक नेताले जनाए ।

